Websoft University

किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बन्नुभयो


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम, नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बन्नुभएको छ । एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बन्नुभएको हो ।

 १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५ दशमलव ६९ प्रतिशत मत ल्याउनुभएको छ । दोस्रो स्थानमा रहनुभएका साउदी अरवका सलेह अल सेहरीले २० दशमलव ७२ प्रतिशत तथा तेस्रो स्थानमा रहनुभएका इराकका अला अली मवाइले १० दशमलव १६ प्रतिशत मत ल्याउनुभएको छ । 

राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १० छनोट गरी एएफसीले सर्वेक्षण गरेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.