Websoft University

सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगिताको दोश्रो खेलमा उर्लाबारी विजयी


मोरङ बैशाख ७ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा जारी प्रथम मेयरकप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएकोे खेलमा उर्लाबारी नगरपालिकाले विजयी सुरुवात गरेको छ । मोरङको सुन्दरहरैंचास्थित शुक्रबारे खेल मैदानमा मंगलबार भएको खेलमा मोरङकै रतुवामाई नगरपालिकालाई ट्राइबेकरमा ५\३ ले पराजित गर्दै उर्लाबारीले विजयी सुरुवात गरेको हो ।


निर्धारित समयअवधी भर उर्लाबारीले रतुवामाईलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा खेल ट्राइबेकरमा पुगेको   हो । निर्धारीत समयको खेलमा उर्लाबारीले राम्रो प्रहार गरेपनि रतुवामाईका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । ट्राइबेकरमा उर्लाबारीको तर्फबाट टिम क्याप्टेन भूषण लिम्बू, सनम भुजेल, रुद्र कार्की, एकराज बुढाथोकी र गोलकिपर सुमन लिम्बूले गोल गरे । यता रतुवामाईको तर्फबाट विपन लिम्बू, चन्दन खवास र सरोज मगरले मात्र गोल गरे । मंगलबारको खेलमा उर्लाबारीका गोलकिपर सुमन लिम्बू म्यान अफदि म्याच घोषित भए ।

प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो । प्रतियोगिता अन्तरगत बुधबारको खेल आयोजक टिम सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिकाविच हुनेछ । सोमबार भएको उद्घाटन खेलमा बेलबारी नगरपालिकालाई पराजित गर्दै लेटाङ नगरपालिका सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.