Websoft University

भुल्केको विकासमा भट्टराई समुदाय सक्रिय, बैशाख ८ देखि पितृको नाममा महापुराण आयोजना गरिने


 शिव भट्टराई, मोरङ । रातो तारा डट कम,भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित भुल्केमा भट्टराई समुदायले भौतिक तथा सामाजिक विकासको कामलाइ निरन्तरता दिएका छन् ।


भट्टराई समुदायले सो क्षेत्रमा बर्षौदेखि विकास सम्बन्धी काममा योगदान दिँदै आएका हुन् । भट्टराई समुदायले विद्यालय भवन निर्माण, विद्यालय तथा बिभिन्न कार्यालय प्रयोजनका लागि जग्गा खरिद तथा दान, सडक निर्माण लगायतको क्षेत्रमा बेलाबेला योगदान दिँदै आएका छन् । बेलाबेला हुने कुलपुजा–देवली र ब्यक्तिगतरुपमा आर्थिक संकलन गरी विकासको काममा योगदान दिएको बताइएको छ । भुल्केमैं बसोबास गर्नेहरु र भुल्केबाट काठमाडौं, मोरङ, सुनसरी, सप्तरी, झापा लगायत जिल्लामा बसोबास गर्नेहरुले विकासको काममा बढि चासो देखाएका छन् ।

यसैबीच, पछिल्लो समय देशका विभिन्न ठाउँमा बसाई सरेका भट्टराई बन्धुहरु भुल्केमा भेला भएका छन् । भुल्केमा स्थायी बसोबास गर्ने र बसाई सरी बिभिन्न ठाउँमा बसोबास गरीरहेकाहरु यही बैशाख ८ गतेदेखि पितृ मोक्षको लागि श्रीमद्भागवत महापुराणको कार्यक्रम र केही भौतिक संरचनाको निर्माण गर्नका लागि भेला भएका हुन् । श्री पञ्चकन्या उच्च माध्यमिक विद्यालय परिसरमा उनीहरुले सरस्वतीको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्रण गर्दैछन् ।

यस्तै, सभा सम्मेलन गर्न र कुलको दियो राख्न मुल घरको पनि निर्माण गरेका छन् । भुल्के भट्टराइका साझा पुर्खा बृहस्पति पाध्यायको शालिक पनि सप्ताहब्यापी महापुराणको क्रममा स्थापित गर्ने कार्यक्रम रहेको श्रीमद्भागवत महापुराण मुल आयोजक समितिले जनाएको छ । बृहस्पति पाध्यायलाई विक्रम सवत् ं १४६१ मा भुल्केमा आई वसेका भट्टराई परिवारका सन्तती मभ्ये विसं १७११ मा सेन राजावाट भुल्के विर्ता प्राप्त गर्ने साझा वाजेको रुपमा लिइने गरिएको छ । महापुराणको शुभारम्भ र भौतिक संरचनाको उद्घाटन कार्यक्रम बैशाख ८ गते बुधबार गरिने कार्यतालिका रहेको श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका संयोजक पदमराज भट्टराईले जानकारी दिए ।

पितृ मोक्षको लागि आयोजना गरिने महापुराण र भौतिक संरचनाको निर्माणको लागि भुल्केको साथै देशका विभिन्न भागमा रहेका भट्टराई बन्धुहरुले बैंक खातामाफर्त र प्रत्यक्ष भेटेर रकम हस्तान्तरण गरिरहेका छन् । आर्थिक तथा नगद सहयोग गर्न बाँकी रहेकाहरुले पदमराज भट्टराईको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खाता नंबर २५५०१००००००४२०१० जम्मा गर्न महापुराण मुल आयोजक समितिले आग्रह गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.