Websoft University

प्रदेश १ मा ९७ संक्रमित थपिए

 


विराटनगर, ७ वैशाख । रातो तारा डट कम,प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ४०४ पुगेका छन् । 

प्रदेश १ मा आज ५२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.