Websoft University

महिलाहरुको लागि सुन्दरहरैंचा ५ मा तीन दिने उद्घोषण तालिम सुरु!


 शिव भट्टराई,मोरङ । रातो तारा डट कम,महिला सशक्तिकरणमा जोड दिदै मोरगंको सुन्दरहरैचा नगरपालिकामा महिलाहरुका लागि विभिन्न किसिमका तालिम सञ्चालन गरिदै आएको छ ।पछिल्लो समयमा वडा नम्बर ५का महिलाहरुको लागि नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै उद्घोषण सुरु भएको छ ।


सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५को समन्वय तथा  गुडलक एजुकेशन एण्ड  ट्रेनिगं सेन्टर इटहरीको आयोजना तीन दिने उद्घोषण तालिम सुरु भएको हो।


गुडलक एजुकेशनका निर्देशक बसन्त रेग्मीको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष रामप्रसाद रिजालको प्रमुख आतिथ्यतामा तालिम सुरु गरियो ।

वडा क्षेत्रका २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा सिमा बस्नेत , लिलाराज भट्टराई र रेवती निरौलाले सहजिकरण गर्ने छन् ।वडाले महिलाहरुका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको वडाध्यक्ष रिजालले जानकारी गराए । तालिम उद्घाटनका कार्यक्रममा भानुसाझा पुस्तकालयका अध्यक्ष पुरन राई , वडा सदस्य संगिता सापकोटा , सिता नेपाली लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.