Websoft University

मेयरकप फुटबल प्रतियोगितामा आयोजक सुन्दरहरैंचा सेमीफाइनलमा प्रवेश


शिव भट्टराई,मोरङ बैशाख १० गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएकोे खेलमा घरेलु टिम विजयी भएको    छ । सुन्दरहरैंचा १२ शुक्रबारे खेल मैदानमाभएको पाचौं दिनको खेलमा रंगेली नगरपालिकालाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै जित हात परेको घरेलु टिम सेमिफाइनलमा पुगेको छ ।

सुन्दरहरैंचाले रंगेलीको गोलपोष्टमा निकै प्रहार गरेपनि गोलको सदुपयोग गर्न पाएका थिएन् । खेल अवधिभर रंगेलीलाई निकै दवावमा राखेको सुन्दरहरैंचाका लागि पहिलो हाफको १६ औं मिनेटमा जर्सी नम्बर ६ का कोमल खवासले पहिलो गरेको थियो। खेलको खेलको ६२ औं मिनेटमा जर्सी नं. १० का खेलाडी बिरेन्द्र लिम्बुले १ गोल र खेल समाप्त हुन् १ मिनेट बाँकी हुँदा पुन सुन्दरहरैंचाको तर्फबाट जर्सी न. १५ का प्रसान्त राईले १ गोल थप गरि ३ गोलले अग्रता दिलायो। रंगेलीको तर्फाबाट कुनै पनि गोल गर्न नसकेपछि ० का विरुद्ध ३ गोलले पराजय गरि सुन्दरहरैंचा सेमिफाइनलमा पुगेको हो।

यता रंगेलीले समेत पाएको केही अवसरमा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । आजको खेलको म्यान अफ दी म्याच सुन्दरहरैंचाको तर्फबाट कोमल खवास घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भोलिको खेल पथरी शनिश्चरे र लेटाङ्ग नगरपालिका बीच सेमिफाइनल हुनेछ ।

यसअघि भएका अन्य २ खेलमा लेटाङ नगरपालिकाले बेलबारीलाई र उर्लाबारी नगरपालिले रतुवामाईलाई पराजय गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो। प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र विराटनगर महानगरपालिका गरी ९ वटा टिमले भाग लिएका हुन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो ।प्रत्तेक दिन हुने कार्यक्रमको उद्घोषण स्थानीय शिक्षक हिमाल अधिकारीले गरिरहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.