Websoft University

पेटी कन्ट्याक्टरको गुनासो - ‘काम गरेको आठ लाख पाइन्’


विराटनगर । रातो तारा डट कम, विराटनगरका पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले काम गरेको ८ लाख रुपैयाँ ठेक्दारले नदिएको गुनासो गरेका छन् । 

सुनसरीको कोशी गाउँपालिकाको लौकहीमा बनिरहेको सिटीहल बनाउँदा काम गरेको ठेकेदार गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापाले काम गरेको ८ लाख रुपैयाँ नदिएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरि गुनासो गरेका हुन् । 

‘ठेकेदार गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापाले काम गर्न मलाई जिम्मेवारी दिनुभएको थियो । मैले पूरा गरे । जम्म ३२ लाखको काम गरेको मलाई २४ लाख रुपैयाँ मात्र पाएको छु,’ पत्रकार सम्मेलनमा 

लाई पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले आफ्नो रकम नदिएको भन्दै आरोप लगाएका हुन्सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यन्वयन इकाई विराटनगरसँग २८ करोड ७६ लाख ४५ हजार २१४ मा निर्माण लागतमा २०७६ असार ४ गते निर्माण कम्पनिले सम्झौता गरेको थियो ।

कुल लागत २९ हजार ९९ लाख ७५ हजार ८९४ अनुमान गरिएको आयोजना २०७८ असार ३ गतेसम्पन्न गर्नुपर्ने समयावधी तोकिएको छ । निर्माण कम्पनिले सम्झौतापछि पेटी कन्ट्याक्टर श्रेष्ठमार्फत काम लगाएको थियो । तर, काम लगाईसकेपछि रकम भुक्तानी नगरेको भन्दै गुनासो गरेका छन् ।

पीडित बनेका श्रेष्ठले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर बिचौलियाको घानमा परेको पीडा सुनाउनु   भयो । आफुहरुले ३२ लाख बराबरको काम गरेपनि २४ लाख मात्रै भुक्तानी पाएका कारण मजदुरलाई दिननसकेको श्रेष्ठको दावी छ । निर्माण कम्पनिका थापासँग राम्रो सम्बन्ध भएका राजीव साह समेत आफूहरुसँग साझेदार रहेपनि उनको भूमिका शंकास्पद रहेको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठलाई बीचमा पारेर निर्माण कम्पनिका थापा र साहले मिलेमतो गरेको आशंका गरिएको छ । भुक्तानी दिनुपर्ने रकम श्रेष्ठलाई नदिन साह र थापा मिलेमतो भएको अर्का महेशकुमार मुखिया बताउँछन् ।

यता निर्माण कम्पनिका आधिकारिक व्यक्ति सुदर्शन थापाले काम गरेको आधारमा पाउनुपर्ने भुक्तानी भन्दा ७० हजार बढी रकम बुझिसकेको दावी गर्नुभयो । उहाँले अहिलेपनि आफ्नो काम प्रमाणित गर्ने बिलभरपाई लिएर आए रकम दिन तयार रहेको बताउनुभयो । अर्का साहले भने थापासँग मौखिक सहमतिको भर पर्दा सुरुमा बोलिएका आधारमा रकम नदिएको बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.