Websoft University

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं ः मन्त्री राई

 


विराटनगर, ३० चैत । रातो तारा डट कम, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनु भएको छ । 

प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । आज विहान कोशी अस्पताल कोभिड १९  उपचार केन्द्रको अनुगमन गर्दै उहाँले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताउनुभयो  । आवस्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड अस्मन्त्री राईले सीमा नाकामा आवस्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताउनु भयो । कोभिड अस्पतालमा उपचारको प्रवन्ध गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री राईले भन्नुभयो,‘कतैबाट गुनासो आउनु भएन ।’ 

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताउनुभयो । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उहाँले बताउनुभयो । सचिव कार्कीले भन्नुभयो,‘ देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनराबृत्ति भएको देखिएको उहाँले बताउनुभयो । संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो । आवस्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको उहाँले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.