Websoft University

लागू औषध ब्राउन सुगर सहित सोमबार एक युवा पक्राऊ परेकाछन् ।


श्याम राई-उदयपुर गाइघाट चैत ३० गते । रातो तारा डट कम, त्रियुगा नगरपालिका–११ का ३० वर्षिय गोकर्ण कार्कीलाई २ ग्राम १० मिलिग्राम ब्राउन सुगर, तौल नाप्ने डिजिटल मेशिन, १० थान मोवाईल र ९ थान सिम सहित प्रहरीले गाईघाट बजारदेखि पक्राऊ गरेको हो ।

कार्की विरुद्ध प्रहरीले यस अघि नै ब्राउन सुगर कारोबारमा मुद्दा चलाएको थियो । गत माघ १६ गते फरार प्रतिवादी कार्कीलाई मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. भिम वहादुर दाहालले बताए । त्यसैगरि ५०० ग्राम गाजा सहित ४२ वर्षिय सुरेस डुम पक्राऊ परेकाछन्। झोलामा गाजा बोकेर हिडी रहेको बेला प्रहरीले शंका लागेर चेकजाच गर्दा उक्त परिणामको गाजा फेला पारेको हो । डोम गाजाको कारोवारी रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।




                                                    



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.