Websoft University

भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ९ हजार ४ पुगे


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा सङ्क्रमण हुँदै आएको भारतमा थप २ लाख ९४ हजार २९० जनामा सङ्क्रमण भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि (सोमबार) वैशाख ६ मा भारतमा दोस्रो धेरै २ लाख ७५ हजार ३ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ९ हजार ४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा एक करोड ३२ लाख ६९ हजार ८६३ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाख ५६ हजार ५ सय ७१ छ । यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ८२ हजार ५ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २० जनाको मृत्यु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.