Websoft University

क्याटपिल्स्ले आईपीएल क्रिकेटमा तेस्रो जित हात पार्यो


खेल समचार, काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम,दिल्ली क्याटपिल्स्ले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा हिजो राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको एक सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५रन बनाउनुभयो । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाउनुभएको थियो । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । चौथो स्थानमा मुम्बईको ४ खेलमा ४ अंक छ । आईपिएल क्रिकेटमा दुई खेल हुनेछन् । दिउँसो हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स् र सन् राईजर्स् हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै साँझ हुने अर्को खेलमा चेन्नई सुपरकिङ्ग्स् र कोलकत्ता नाईटराईडर्स् भिड्नेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.