Websoft University

सुन्दरहरैंचा मेयरकप प्रतियोगितामा कडा प्रतिस्पर्धाका साथ पथरीशनिश्चरे फाइनलमा

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको पहिलो सेमीफाइनल खेलबाट कडा प्रतिस्पर्धाका साथ पथरीशनिश्चरे नगरपालिका फाइनलमा प्रवेश गरेको छ।


पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर ८ का विशाल पाण्डेले दुवै गोल गरेका थिए । उनी नै खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैयाँ हात पारे ।


खेलको ३३ औँ र ७९ औँ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको थियो । पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर १० का निरज परियारले गरेको फ्रि किकलाई लेटाङका गोलकिपर अञ्जित श्रेष्ठले रोके पनि नियन्त्रणमा लिन नसकेको बललाई पाण्डेले नियन्त्रणमा लिएर प्रहार गरी पहिलो गोल गरेका थिए ।

प्रतिष्पर्धात्मक र रोमाञ्चक आजको खेलमा लेटाङका तर्फबाट जर्सी नम्बर ११ का मोदीकुमार राईले २४ औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा दुवै पक्षले गोल गर्ने धेरै अवसर गुमाएका थिए ।

भोलिको सेमीफाइनल खेल आयोजक सुन्दरहरैंचा नगरपालिका र उर्लाबारी नगरपालिकाबीच हुनेछ ।प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने आयोजकले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.