Websoft University

प्रतिबन्धित लागू औषध ब्राउनसुगर ३६० मिली ग्राम सहित ३ जना मानिस पक्राउ


बिराटनगर चैत २२ गते । रातो तारा डट कम, ईलाकाप्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले मिति २०७७।१२।२१ गते अन्दाजी १६स्०५ बजे जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं। ४ आइतबारेबाट निम्न मानिसहरूलाई बाटोमा हिँड्दै गरेको अवस्थामा शंका लागि निजहरूलाई चेक जाँच गर्दा निज व्यक्तिहरूको साथबाट अवैध लागू औषध ब्राउनसुगर ३६० मिली ग्राम फेला परेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई लागू औषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको ।

निम्न

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २२ को प्रबिन आचार्य

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष १९ की आयुषा लिम्बु

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१को विषाल लिम्बु


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.