Websoft University

इटहरीउपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजना निर्माण सुरु


सुनसरी इटहरी  चैत २२ गते । रातो तारा डट कम, इटहरीउपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजना निर्माण सुरु गरिएको छ । इटहरी ७ नम्वर वडावाट वहुवर्षे योजना निर्माणको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शुभारम्भ गर्नुभयो । 

इटहरी ७ को रामजानकी मन्दिरदेखि नहरसम्म,मलंगवा मार्ग,मलेक्षी मार्ग,शुभलक्ष्मी मार्ग,सिसौना मार्ग जोडने वहुवर्षे सडक योजनाको प्रमुख चौधरीले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले पूल,कल्र्भट निर्माण र सडक कालोपत्रे गरिने यो योजना चालु आर्थिक वर्षका वहुवर्षे योजना मध्येकै सवैभन्दा ठूलो रहेको जानकारी दिनुभयो । 

यो आर्थिक बर्षमा इटहरी उपमहानगरका ४० वटा वहुवर्षे योजना रहेका छन । इटहरी वडा नम्वर ७ का अध्यक्ष नर वहादुर राईले इटहरी ७ वाटै वहुवर्षे योजनाको शुभारम्भ भएकोमा खुशि प्रकट गर्नुभयो । उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले साना योजनालाई मर्ज गरेर एउटै ठूलो योजना निर्माण गरिएको जानकारी दिनुभयो । यो योजना सम्पन्न भएपछि इटहरी ७का सवै मुलवाटोहरु कालोपत्रे हुने छन । 

सो सडक योजना भ्याट वाहेक २ करोड,५९ लाख,३३ हजार २७ रुपियाँमा ठेक्का लागेको छ । इटहरी उपमहानगरमा गत आर्थिक वर्षमा ११ वटा वहुवर्षे योजना संचालित थिए । ति मध्ये पाँच वटा ग्रामिण सडक योजना कालोपत्रे सम्पन्न भएका छन । अन्य योजना सम्पन्न हुने क्रममा छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.