Websoft University

वैशाख - ११ छोरिको जन्मदिनमा आश्रममा भोजनसेवा


बिराटनगर बैशाख ११ गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिकामा सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाज्युकले परोपकारी मानवता प्रेमी मनहरुको मुठ्ठीमुठ्ठीलको सहयोगले  सन्चालन  हुँदै आएको मानवसेवा आश्रममा आफ्नो छोरिको जन्मदिनको शुभ अवसरमा भोजनसेवा अर्पण गर्नु भएको छ।

जन्मदिनको आवसरपारी आश्रममा आश्रित लक्ष्मीनारायणहरुमा भोजन अर्पण गर्न पाउदा विराटनगर महानगरपालिकामा सामान्य प्रशासनका  प्रमुख अर्जुन थपलियाज्युको धर्मपत्नी सुशिल थपलियाज्युले आदर्स मानवता प्रेमको पवित्र  स्थलमा आफ्नो छोरिको जन्मदिन मनाउना पाउदा  आश्रम प्रति कृतज्ञता  व्यक्त  गर्नु भएको छ।

 सडकपेटी र सार्वजनिक स्थलहरुमा  कष्टकर जीवनयापन गर्दै आइरहेको सयोगापेक्षि (बसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा

मानसिक रुपमा कम्जोर ) सडकआश्रित मानिसहरुलाई आश्रममा राखिएको छ। 

मानवसेवा आश्रम बैदेशिक दातृ निकायको सर्तसहितको  सयोग स्वीकार नगर्ने आदर्शसहित सन्चालित छ।  येस्तै परोपकारी मनहरुले वर्षदिनविवाह वर्ष गाठँ जन्मदिनका  विशेष  क्षणहरुमा आएर गरेको आर्थिक सयोगखाद्यान्नलताकपडा र औषधी उपचारको सहयोगले सन्चालन भएरहेको आश्रमका  प्रदेश संयोजक नवराज के.सीले बताए। 

मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महअभियान)विराटनगर शाखा,हाल  विराटनगर-१० स्थित तिनटोलिया (अरनिको स्कुलसँगै) विराटनगर-३  पोखारिया (वन कार्यालयसँगै) र  विराटनगर-१ ठुलो मिलचोक (पुर्व डिन कार्यालय) गरी  ३ वटा घर भाडामा लिएर २५० सडकआश्रित लक्ष्मीनारायण वालगोपालहरुलाई  सेवा प्रधान गर्दै सेवा केन्द्रहरु सन्चालन भइराखेको  छ । कहिँ दिन आगाडी विराटनगर महानगरपालिका र मानवसेवा आश्रमको संयुक्तमा भएको मिट एंड ग्रीट कार्यक्रममा  मानवसेवा आश्रम विराटनगर शाखालाई घर भाडा मुक्त गर्ने प्रतिवद्धता गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.