Websoft University

धरहराको पुननिर्माण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नु भयो


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम,२०७२ सालको भूकम्पले ढालेको धरहराको पुननिर्माण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । धरहराको पुननिर्माण संगै प्रधानमन्त्री ओलीले एक समारोहकाबीच आज पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरण गरि उद्घाटन गर्नुभयो । 

द्घाटन पछि प्रधानमन्त्री ओलीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृष्टि गर्नुभएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते मेरो धरहरा मै बनाउँछु अभियानको घोषणा गर्नुभएको थियो । 

२०७५ साल पुष ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको पुनर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो । ९० सालको महाभूकम्पले क्षति पु¥याएपछि ११ तले धरहरा ९ तलामा सिमित भएको थियो । त्यसपछि ९ तलामा नै सिमित राखेर पुननिर्माण गरिएको थियो । तर अहिले भने २२ तलाको बनेको छ ।

धरहरामा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैँचाको हुनेछ भने संक्षिप्त ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने अझै सकिएको छैन ।  धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ । 

प्रधानमन्त्री ओलीले रानीपोखरीदेखि रंगशालासम्म फैलिएको बृहत् टुँडिखेल योजना पनि सार्वजनिक गर्नुभएको छ । कसरी रानीपोखरीदेखि रंगशाला पहिला जस्तै एकनासले जोडिन्छ भन्ने राष्ट्रिय पुन निर्माण प्राधिकरणको गुरु योजना प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.