Websoft University

भारतमा दैनिक कोरोना सङ्क्रमित संख्या २ लाख नाग्दै– नेपाल भारतको खुल्ला बोर्डरले गर्दा नेपाललाई अव नेपाललाई पनि समस्य पर्दै,

 


काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम,भारत पछिल्लो समय कोरोना महामारीका कारण अवस्था भयावह बन्दै गएको छ । अस्पताल भर्ना हुने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् भने कतिपय बिरामीहरुले अस्पतालमा बेड नपाएर ज्यान गुमाउनु परिरहेको छ । 

दैनिक सङ्क्रमित थपिने क्रम बढ्दै जादा र बिरामीहरुको बिचल्ली हुने क्रम बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ । हिजो गर्नुभएको छलफलको क्रममा उहाँले सबै अस्पतालमा कोरोनाका बिरामीहरुका लागि बेड, आईसीयू, अक्सिजन लगायतका विषय सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । 

उहाँले कोरोनाको बिरामीको सङ्ख्यालाई ध्यानमा राखी अस्थायी कोरोना अस्पताल र आईसोलेशन सेन्टरहरुमा बेड थप्नका लागि पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्री मोदीले कोरोना महामारीसँग लड्नका लागि भएको तयारीको विषयमा जानकारी लिँदै औषधिको उपलब्धता, अक्सीजन, भेन्टिलेटर र खोपको आपूर्तिलाई सुनिश्चित गर्न पनि सबैलाई निर्देशन दिनुभयो । भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमित थपिने दर २ लाख नाघेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.