Websoft University

बैशाख ६ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने


काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम,सरकारले भोलिदेखि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भोलि र पर्सी भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम रहेको छ । 

यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई आग्रह गरेको छ । 

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो । उहाँले यस वर्ष कोरोना सङ्क्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन पनि सबैलाई आग्रह गर्नुभयो । 

वितरण केन्द्रमा भिडभाड नगर्न, एक व्यक्ति र अरु व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, साबुन पानीले पटक पटक हात धुन वा सेनिटाइजर प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.