Websoft University

ठूलो परिणाममा अवैध लागू औषध सहित एक मेडिकल हल संचालक पक्राऊ परे


श्याम राई-उदयपुर गाईघाट, ५ बैशाख । रातो तारा डट कम,ठूलो परिणाममा अवैध लागू औषध सहित एक मेडिकल हल संचालक पक्राऊ परेकाछन् ।

उदयपुरको बेलका नगरपालिका–१ आम्बासीस्थीत बेलका मेडिकल पोली क्लिनिकका संचालक सप्तरी चिरहुट गाउँपालिका–२ मैनाकडेरीका २६ वर्षिय सुवोध यादबलाई शनीबार पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

यादबको क्लिनिकमा खानतलासीबाट ट्रामाडोल हाईड्रोकोलोराईड–१९८ ट्याब्लेट, डाईसाईकोमाईन हाईड्रोकोलोराईड– ५१५ ट्याब्लेट, कपेटब– डि–३०५ ट्याब्लेट, ट्रामाडोल हाईड्रोकोलोराईड ओपिडोल ५० एमजीको– १५०२ ट्याब्लेट, प्रिगआउट किट–१० ट्याब्लेट, स्लाईडदिनाफिल १०० एमजीको– ४ ट्याब्लेट र जुनुग्रा रेड १०० एमजीको– १२ ट्याब्लेट र नगद रु.१ लाख सत्र हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. भिम वहादुर दाहालले बताए ।

उदयपुरमा यति धेरै परिणाममा लागू औषध बरामद गरिएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ ।





                                                    



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.