Websoft University

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ घोषित

 


झापा, वैशाख ५ । रातो तारा डट कम, प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् ।  

स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् । 

शनिवार राति अवेर सम्पन्न फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो संगै उनीहरुले ट्रफी, मेडल , प्रमाणपत्र र नगद ५० – ५० हजार रुपैयाँ हात पारेका छन् । 

त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भएका छन् । त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोािष्त भइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विज्नेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् । 

प्रालिले गतवर्षदेखि प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारीदिए । 

१५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए । 

नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिकिो आशनबाट बोल्दै युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए । 

प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.