Websoft University

फर्निचर उद्योगमा आँगलागी हुदा झण्डै ५०लाख बढीको क्षती

 


गाईघाट, ३१ चैत । खोटाङ्गमा मंगलबार विहान एक फर्निचर उद्योगमा आँगलागी हुदा झण्डै ५०लाख बढीको क्षतीभएकोछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ रत्नपार्कमा स्थानीय हर्कराज राईले संचालन गरेको गणेश फर्निचर उद्योगमा विद्युत सर्ट भएर आँगलागी भएको प्रहरीले जनाएको छ ।

आँगलागीबाट उद्योगको मेशीनरी औजार तयारी अवस्थाको फर्निचर, काठपात लगायतको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङ्गका डि.एस.पी नारायण प्रसाद चिमोरीयाले बताए ।

विहान ४ बजे लागेको आँगो दुई घण्टापछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा र नगरपालिकाको दमकलले निभाएको डि.एस.पी चिमोरीयाले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.