Websoft University

नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगे


काठमाण्डौ चैत  ३१ गते । रातो तारा डट कम, नेपालमा २४ घण्टामा थप ५ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ६० जना र ८ सय १७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण निको हुनेको संख्या १ सय ५३ रहेको छ । कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३ सय १८ रहेको छ । सक्रिय सङ्क्रमितको संख्या ३ हजार ६ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.