Websoft University

पहिलो खोप लगाउनेहरुलाई बैशाख ७ देखि दोस्रो खोप सुरु गर्ने


काठमाण्डौ चैत  ३१ गते । रातो तारा डट कम,पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना खोपको दोस्रो डोज लगाइने जनाएको छ । 

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी लगायतलाई वैशाख ७ देखि ११ सम्म दोस्रो मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियान देशभर चलाइनेछ । 

यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.