Websoft University

उद्योग संगठन मोरङको भावि कार्ययोजना कार्यान्वयनका लागि छलफल हुदै


बिराटनगर चैत ३१ गते । रातो तारा डट कम,उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ अघि सारेको रणनीतिक कार्यक्रमका सम्बन्धमा विशिष्ठ सल्लाहकारहरुका साथै विभिन्न सरोकारवाला पक्षहरुसंग मिति २०७७ चैत्र ३० गते काठमाण्डौंमा छलफल गरेको छ । 

भावी कार्ययोजनाको मूल ऐजेण्डाका रुपमा अघि सारेको स्वदेशी उत्पादन प्रवर्धनको अभियानलाई सार्थक तुल्याउन के कस्तो नीतिगत परिमार्जन तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ भन्ने बारेमा बिशिष्ठ सल्लाहकारहरुसंग परिचयात्मक सहितको कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा विद्यमान औद्योगिक व्यवसाय ऐन, आर्थिक ऐन लगायतका उद्योग÷व्यवसायसंग प्रत्यक्ष सरोकार राख्ने सबै ऐन, नीति, नियमहरुको अध्ययन विश्लेषण गरी लगानीमैत्री र उद्योगमैत्रीका लागि संशोधन गर्नुपर्ने, नया व्यवस्था गनुपर्ने वा हटाउनु पर्ने नीति, ऐनहरुका वारेमा संगठनले सुझाव तयार गरी सो आधारमा वहस, पैरवी अघि वढाउने छलफल भएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । 

कार्यक्रममा संगठनका बिशिष्ठ सल्लाहकारहरु रामेश्वर खनाल, पुरुषोत्तम ओझा र श्याम दाहालले संगठनले अघि सारेको भावी रणनीतिबाट मूलुकको समग्र आर्थिक विकासमा टेवा पुग्ने भन्दै कार्यक्रमको सरहाना गर्नुभयो साथै नीतिगत अध्ययन विश्लेषण तथा ठोस नीतिगत सुझावको तयारीका लागि आफनो तर्फबाट सकृय भूमिका र योगदान रहने प्रतिवद्धता व्यक्त गर्दै बिशिष्ठ सल्लाहकारको रुपमा संगठनमा आवद्धताको लागी धन्यबाद ब्यक्त गरे ।      

राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासका साथै उद्योग÷व्यवसाय क्षेत्रहरुको प्रतिस्पर्धात्मक क्षमता र उत्पादकत्व अभिवृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्रमा निर्माणका लागि ऐन कानुनलाई उद्योग र लगानीमैत्री वनाउन सरकारले अवलम्वन गर्नुपर्ने दीर्घकालिन नीतिका लागि तथ्यपरक वहस र पैरवी गर्ने अभिप्रायले औद्योगिक नीति, वाणिज्य नीति, आर्थिक ऐन लगायत उद्योग÷व्यवसाय क्षेत्रसंग सम्वन्धित विद्यमान ऐन कानुनहरुको अध्ययन, अनुसंधान गर्न समृद्धि फाउण्डेशनका साथ संगठनले सहकार्य गर्ने सहमति भएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । 

त्यसैगरी, वर्तमानमा संचालनमा रहेका उद्योग÷व्यवसाय क्षेत्रको अवस्था, उत्पादकत्व, रोजागारीको उपलब्धता, आवश्यक जनशक्तिका साथै सम्भावित लगानीका क्षेत्रहरु पहिचानका लागि उद्योग÷व्यवसाय क्षेत्रहरुको तथ्यांक संकलन गरी तथ्यांक वैंक स्थापना गर्ने र संकलित तथ्यांकहरुको आधारमा यस क्षेत्रको विकासका लागि विषयगत रुपमा सरकारले गर्नुपर्ने सुधारका सम्वन्धमा सुझाव प्रस्तुत गर्नुका साथै सदस्य उद्योगहरु, अध्ययन तथा अनुसंधानका क्षेत्रमा काम गर्ने संस्था, व्यक्तिहरुलाई सहज रुपमा तथ्यांक उपलब्ध गराउने उद्देश्यले फ्याक्ट नेपालका साथ संगठनले सहकार्य अघि वढाएको अध्यक्ष प्याकुरेलले वताए । 

काठमाडौमा आयोजना गरिएको कार्यक्रममा संगठनका बरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, कार्यसमिति सदस्य सुशिल रिजाल, सुदिप घिमिरे, अध्यक्ष सल्लाहकार सोम अघिकारी, महानिर्देशक चुडामणी भट्टराईका साथै बरिष्ठ पत्रकार कनकमणी दिक्षित, बरिष्ठ मानव अधिकारीकर्मी सुशिल प्याकुरेल लगायतको उपस्थिति रहेको थियो भने समृद्धि फाउण्डेशनसंगको छलफलमा दिपेन्द्र चौलागाई र फ्याक्ट नेपालका मनिष झा को उपस्थिती रहेको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.