Websoft University

मानवसेवा आश्रमको भवननिर्माण स्थलको शिलान्यास भयो


 बिराटनगर चैत ३१ गते । रातो तारा डट कम,मानवसेवा आश्रम वि.स २०६९ सालदेखी सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर, सडकआश्रित मानवहरुको मानवोचित (उद्धार, उपचार, परामर्श, पालनपोषण, पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरूपकोसहारा बन्दै) सेवाकार्यमा समर्पित रहँदै आइरहेको विशुद्ध परोपकारी सामाजिक संस्था एवं अभियान हो ।


नेपालका सडकपेटी र सार्वजनिक स्थलहरुमा बाध्यात्मक रुपमा कष्टपूर्ण जीवनयापन गरिरहेका मानिसहरुलाई कम्तिमा २ छाक खाना खुवाउन सकियोस्, एक सरो कपडा भएपनि लगाइदिएर नाङ्गो शरीरलाई ढाक्न सकियोस्, सडकमा कठ्याङ्ग्रीदो जाडोमा र प्रचण्ड गर्मीमा जीवनको अन्तिम श्वास फेर्न नपरोस भनेर मानवसेवा आश्रमको सेवा सुरुवात गरिएको हो ।

परिचय भएका, आफ्नो सेवा आफै गर्न सक्ने व्यक्तिहरुलाई राख्ने धेरै गृहहरु, आश्रमहरु सञ्चालन हुँदै गर्दा जसले केही गर्न सक्दैनन्, आफ्नो परिचय पनि थाहा छैन, सुतेकै ठाउँमा दिशा पिसाब गर्छन्, सरसफाई सम्बन्धी सामान्य चेतना समेत छैन त्यस किसिमका मानिसहरुको संरक्षण आम मानिसको सोचाईबाट टाढा रहेको समयमा वि.स २०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौंडाबाट मानवसेवा आश्रमको सेवा सुरुवात भएको कुरा बताइएको छ ।

यसरी सुरुवात भएको सेवालाई सातै प्रदेशमा विस्तार गर्ने क्रममा प्रदेश नं। १ लाई केन्द्रीत गरेर २०७६ भाद्र १३ गते मानवसेवा आश्रम प्रदेश नं। १ विराटनगर शाखाको सेवा सुरुवात गरिएको जनाइएको छ ।

विराटनगर महानगरपालिका वडा नं। १० तिनटोलियामा विराटनगर महानगरपालिका क्षेत्रमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेर आश्रमको प्रदेश नं। १ को पहिलो सेवा केन्द्रको सुरुवात गरियो ।

त्यसपछि प्रदेश नं। १ का सम्पूर्ण जिल्लाबाट उद्धार कार्य सुरुवात गरिएपछि आश्रममा ठाउँ अभाव भएको महसुस पछि महिला र पुरुषलाई छुट्टै व्यवस्थापन गर्ने गरि विराटनगर महानगरपालिका वडा नं। ३ पोखरिया (बन कार्यालय सँगै) मा पुरुषहरु र वडा नं। १० मा महिलाहरुको व्यवस्थापन भयो ।

हाम्रो चाहना- सबैको लागि खाना, नाना, छाना

हाम्रो प्रतिवद्धता - सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको घोषणा अनुसार यो काम भइरहेको आज भएको पत्रकार भेटघाटमा बताइएको थियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.