Websoft University

एम्सको विद्यार्थी अभिमुखिकरण कार्यक्रम पोखरामा

 



विराटनगर चैत  ३१ गते । रातो तारा डट कम, विराटनगर–९ मा अवस्थित एम्स कलेजले यस वर्ष भर्ना भएका बि.एच.एम. अध्ययनार्थ तेस्रो ब्याचका विद्यार्थीहरुलाई पोखराको माउण्ट ग्लोरी फरेस्ट रिसोर्टमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पाँच तारे होटलमा दुई दिन आवास गराई कलेजले नयाँ विद्यार्थीहरुलाई होटल सम्बन्धि जानकारी गराएको हो । गुड नाइवर इन्टरनेश्नल ,नेपालका संयोजक टुपेन्द्र खुलालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सोही होटलका फुड एण्ड बिभरेज मेनेजर गोबिन्द लुईटेलले  विद्यार्थीहरुलाई होटल सम्बन्धि विषेश कक्षा लिए । खुलालले विद्यार्थीहरुलाई आफुले रुचाएको विषयलाई समय दिएर अध्ययन गरे नेपालमा नै बसेर धेरै राम्रो काम गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सि.एम.बस्नेतले विद्यार्थीहरुलाई गरिखाने बनाउन कलेजले केही कसर बाँकी नराख्ने बताए । कलेजका बि.एच.एम. कोअर्डिनेटर सुरेन्द्र मण्डलले विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाईका लागि होटल लगिएको र पहिलो कक्षा नै होटल अवलोकनबाट शुरु गरिएको बताए ।  उक्त कार्यक्रम होटल मेनेजमेण्ट अध्ययन गर्ने विद्यार्थीका लागि फाईदाजनक भएको र  होटलमा नै बसेर होटल मेनेजमेण्ट पढ्दा धेरै कुरा सिक्न पाएको विद्यार्थीहरुले बताए ।

एम्स कलेजले विद्यार्थीको सार्वङ्गीण विकासका लागि विद्यार्थीहरुको पढाई अनुसारको फिल्ड भिजिट गराई रहन्छ । यस भन्दा अघि कलेजले विद्यार्थीहरुलाई भारतको सिलिगुरी लगेको थियो । कलेजमा त्रि.वि.वि बाट सम्बन्धन प्राप्त बि.बि.एस.  , बि.एच.एम. र बि. एस.सि. सि.एस.आई.टी विषयहरु अध्यापन गराइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.