Websoft University

नेपाली कांग्रेसलाई जनताले धन्याबाद दिन थाले–राष्ट्रपतिले प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै काँग्रेसको आपत्ति जनाए पछि जनताले पनि आवाज उठाउन थाले ?


काठमाण्डौ चैत ३१ गते । रातो तारा डट कम,राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । हिजो संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संशोधित नक्शा नराखिएकोमा आपत्ति जनाउनुभयो । 

भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र नेपाली भूमिमा पूर्वाधार निर्माणका काम भइरहँदा पनि उपयुक्त कदम नचालिएको उहाँको आरोप छ । माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारेको आरोप लगाउनुभयो । नेपाली काँग्रेसका सांसद गगन थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताउँदै बेरोजगारलाइ रोजगारी दिन सरकार गम्भिर नबनेको आरोप लगाउनुभयो ।

 प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरू  परिवर्तन गर्नुभएको छ । उहाँले प्रतिनिधिसभा मातहतका विभिन्न संसदीय समितिमा दलहरूको आग्रहमा सदस्यहरूको परिमार्जन गर्नुभएको हो । 

सभाममुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको जानकारी दिनुभयो । सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयले नेकपा दुई दलमा विभाजित भएपछि सत्तारुढ नेकपा एमालेले संसद्मा दलीय प्रतिनिधित्वका आधारमा समिति पुनर्गठन गर्नुपर्ने माग गरेको थियो ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.