Websoft University

२४ वर्षिय राजु आछामे लाई पका्रउ


गाईघाट  ५ बैशाष । रातो तारा डट कम,मानसिक सन्तुलन गुमाएकी तराईमुलको जस्तो देखीने एक महिला को बलात्कार पछी हत्या भएको रहस्य खुलेको छ । उदयपुको रौतामाई गाउपालीका ७ स्थीत नव ज्योती सामुदायिक बनको हिले खोल्सीमा ३ दिन अघि भेटीएको मानब कंकाल बाट उक्त रहस्य खुलेको हो  । प्रहरीले ति महिला को हत्या गरेको आरोपमा शनीवार रौतामाई गाउपालीका ७ बस्ने २४ वर्षिय राजु आछामे लाई पका्रउ गरेको छ । पका्रउ परेका आछामे ले ति महिला लाई बलात्कार गरी ढुङगाले टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेकाछन । गत चैत ११ गते आछामे ले मानसिक सन्तुलन गुमेकी ति महिला लाई बेलुकी ६ वजे जबरजस्ती बोकेर जंगल तर्फ लगेर करणी गरी हत्या गरेका छ थिए । केही दिन अघि देखी नै उक्त क्षेत्रमा ति महिला मागेर हिड्ने गरेको गाउले ले बताएकाछन । घास , दाउरा लिन जाने महिलाहरुले जंगलको खोल्सीमा चुरा , पोते सहितको मानव कंकाल देखेपछी प्रहरीलाई खवर गरेका थिए । प्रहरी ले तत्काल अनुसन्धान शुरु गरेपछी घटनाको दिन आछामे संगै ति पागल महिला रहेको खुलेपछि उनलाई पका्रउ गरी सोधपुछ गर्दा हत्या को रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । प्रहरीले घटना स्थल बाट महिला हत्यामा प्रयोग गरीएको ढुङगा र हत्यारा ले लगाएको टोपी समेत बरामद गरेको छ । आरोपीत आछामे अपराधिक प्रवृतीको रहेको खुल्न आएको छ । उनको मानसिक अबस्था समेत ठिक नरहेको स्थानीयले बताउछन । तिन महिना अघि पनि उनले गाउकै एक ब्यक्ती लाई छुरा प्रहार गरेको गाउले पदम सार्की ले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.