Websoft University

प्रदेश १ मा ४३ संक्रमित थपिए

 


विराटनगर, ५ वैशाख । रातो तारा डट कम,प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १२ महिला र १५ पुरुष सहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयलेजनाएकोछ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६४७ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमित २६६ जना छन् ।

प्रदेश १ मा आज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.