Websoft University

सुनसरीको दुहबी लगायत तराईमा चैते छठको रौनक

 


चन्दन रौनियार -सुनसरी बैशाख ५ गते । रातो तारा डट कम,  चैते छठ  शुक्रबार देखि शुरु भएको तेश्रो दिन अर्थात आज मुख्यदिन छठ मनाइने रहेको छ । आज अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने भोली सोमबार  विहान उदाउदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन उदाउँदो सूर्य सँग हुुुन्छ।


चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुलचढाईनेगरिन्छ । पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदि या पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।


अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।सुनसरीको दुहबी बुढिखोला सहित मधेसका २२जिल्लामा का विभिन्न जलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.