Websoft University

पहिलो जातिलाई ब्याबसायिक बनाउदै नगरपालिका

 


बेलबारी मोरङ बैशाख ५ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाले पहिलो जातिलाई ब्याबसायिक बनाउन थालेको छ । नगरकै पहिलो धिमाल जातिलाई उद्यमी बनाउने लक्ष्य लिएको छ । 

पहिलो धिमाल जातिलाई उद्यमी बनाएर उनिहरुको जिविको पार्जनका लागि नगरपालिका लागि परेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । धिमाल एतिहासिक पराम्परागत भेषभुषा उत्पादन वारपिङ तान मेसिन संचालन तथा बुनाई तालिमको उद्घाटन गर्दै मेयर सुवेदीले पहिलो जातिको बिकासका लागि कुनै पनि कसर पनि वाकि नराख्ने बताए । उनिहरुले उत्पादन गरेका पहिचानसँग झल्कीने पोषाकहरुको संरक्ष्ण गरेर बजारीकरण गरी आर्थीक बिकास गराउने लक्ष्य लिएको बताए । पेटानि, बुना, गलबन्धी, झोला लगायतका कपडाहरुको अन्तराष्ट्रिय स्तरमा बजारीकरण गरीन सक्ने उनको भनाई रहेको छ । उनले ब्याबसायिक बन्नेहरुका लागि औजार समेत दिने घाष्णा गरेका छन । 

आदाविस जनजाति महाँसघ बेलबारीका अध्यक्ष तिलक राइले स्थानिय सरकारले आदिवासि जनजातिहरुका लागि गरेको सहयोगले नगर क्षेत्र भित्रका आदिवासि जनताजातिहरुको भाषा लिपि संरक्षण सगै आय आर्जनमा सहयोग पुगेको बताए । यस्तै धिमाल जाति बिकास केन्द्रका केन्द्रिय अध्यक्ष लोक बहादुर धिमालले बेलबारी नगरपालिका बाट अन्य पालिकाहरुले पनि पाठ सिक्नु पर्ने बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.