Websoft University

गोपाल मोटर्सका सञ्चालक प्रविण खड्काले गराए मानवसेवा आश्रममा भोजन


विराटनगर
 चैत २७ गते । रातो तारा डट कम,
मानवसेवा आश्रमलाई निरन्तर सहयोग गर्दै आएका गोपाल मोटर्सका सञ्चालक प्रविण खड्काले मानवसेवा आश्रममा आज विहानको भोजनसेवा सहयोग गराएका छन् ।


निरन्तर मानवसेवा आश्रमको मानवीय सेवामा तन, मन र धनको त्रिवेणीबाट साथ, सहयोग र अभिभावकत्व प्रदान गर्दै आएका खड्कासँगै आश्रममा उनको धर्मपत्नी सञ्जु खड्का, भाइ प्रदीप खड्का, बुहारी विनिता खड्का, छोरी मन्दिका खड्का, छोरी तेजस्वी खड्का र फुफ दिदी शुशिला खड्काको उपस्थिती रहेको थियो ।


सद्गुरु कवीर साहेबका अनुयायी खड्का परिवारले कवीर साहेबको पथमा सेवामा हिँड्दै गर्दा मानवसेवा आश्रमसँग भेट भएको र सेवालाई वास्तविक रुपमाअनुभव गर्ने अवसर प्रदान गरेको भाई प्रदीप खड्कालेबताए ।

नेपालको सडकपेटीमा रहेका आमाबुवाहरुलाई दुइछाक खानाको जोहो गर्न बिदेशीको मुख ताक्नु भन्दा परोपकारी नेपालीहरुकै सहयोगमा सेवा गर्नुपर्छ यसका लागि नेपालीहरु सक्षम छन् भन्ने कुरालाई अनुसरण गर्दै मानवसेवा आश्रमको सेवा अगाडी बढीरहेको र हालसम्म ९ बर्षको अवधीमा कुनै पनि बैदेशीक दातृ निकायको सर्त सहितको सहयोग स्वीकार नगरेको, संस्था नेपालीहरु कै सहयोगमा दुःख सुख गरेर चलिरहेको संस्थाका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । 

जनसहभागिताबाट सञ्चालन हुँदै आएको आश्रमलाई स्थानीय स्तरसम्म पु¥याउन प्रयासरत रहेको र सबैजनालाई यसबारे जानकारी गराउन पनि अध्यक्ष अधिकारीले अनुरोध गरे । त्यस्तै आश्रमको सात प्रदेशको १६ जिल्लाकै सेवा स्थानीय परोपकारी व्यक्तिहरुको सहयोगमा सञ्चालन भइरहेको समेत प्रष्ट पारे ।

हाल प्रदेश नं. १ को विराटनगरमा ३ वटा सेवा केन्द्रहरु सञ्चालन गरेर सेवा चलिरहेको छ । विराटनगरको तिनटोलियामा ७५ जना आमा दिदीबहिनीहरु, पोखरीयामा ८४ जना बुवा दाईहरु र ठुलो मिलचोकमा सडकपेटीबाट उद्धार गरेर ल्याइएका आमाबुवाहरुलाई तत्काल राखेर परामर्श गर्ने गरी स्क्रीनिङ सेन्टर बनाइएको छ । त्यहाँ ५० जना गरि जम्मा २०९ जना विभिन्न उमेर समुहका व्यक्तिहरु आश्रित हुनुहुन्छ ।

मानवसेवा आश्रमको सेवा सहज बनाउनका लागि एउटा सेवाकेन्द्रको लागि एक छाक भोजनसेवाको रु. १०,०००÷– (अक्षेरुपी दश हजार रुपैयाँ) र खाजाको लागि रु. ७,०००÷– (अक्षेरुपी सात हजार रुपैयाँ) निर्धारण गरिएको तर आवश्यकता अनुसार खाद्यान्न, लत्ताकपडा, औषधी लगायतका सामग्रीहरु पनि सहयोग गर्न सकिने मानवसेवा आश्रम प्रदेश नं. १ का संयोजक नवराज के.सीले बताए । 

खड्का परिवारको संरक्षणमा रहेको कवीर आश्रमले मानवसेवा आश्रमलाई घरभाडा मुक्त भइ सेवा प्रदान गर्नका लागि विराटनगरको बरगाछीमा १३.५ कठ्ठा जग्गा सहयोग गरेको छ । उक्त भवन निर्माण गरेर घरभाडाबाट मुक्त गर्नका लागि सहयोग संकलन गर्ने र साथमा भवननिर्माणको शिलान्यास गर्नका लागि यही बैशाख ८ गते प्राप्त जग्गामा नै देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.