Websoft University

नेपालमा आजै मात्र २ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि–नेपाल भारत बोर्डरबाट मानिस आउने जाने क्रम सरकारले बन्द गरे नेपालमा फेरी कोरोनाले आंतकै मचाउने डर भयो ।

 


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम, नेपालमा आजै मात्र २ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनामा गरिएको परीक्षणमा २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

जस मध्ये काठमाडौं जिल्लामा मात्र १ सय १७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको

छ । हालसम्म देशभर कोरोना सङ्क्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ जना पुगेको छ । ती मध्ये २ लाख ७३ हजार ७ सय ३५ जना निको भएका छन्  भने ३ हजार ३८ जनाको मृत्यु भएको छ । हाल देशभर २ हजार ६ सय १५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपाल प्रवेश विन्दुमा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ । 

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २ सय १८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३ सय ७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बचाउने कार्ययोजना छिट्टै सार्वजनिक गरिने बताउनुभएको छ  । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले कस्तो आचार संहिता, मापदण्ड अपनाउने भन्ने योजना चाँडै सार्वजनिक गर्ने बताउनुभयो । लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगोमा पुगिने उहाँको भनाइ छ ।



 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.