Websoft University

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आयो


काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । 

मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।  प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

अहिले देखिएका सङ्क्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र सङ्क्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताउनुभयो । अब कोरोनाको सङ्क्रमण बढेकाले समयमा नै ख्याल नगरेको खण्डमा थप भयाभव हुने प्रवक्ता गौतमले बताउनुभयो । 

पछिल्लो समय देखिएका सङ्क्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखापरेको पनि प्रवक्ता गौतमले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.