Websoft University

रूपन्देहीलाई हराउँदै भारतको पन्जाप क्वाटरफाइनलमा


विराट गोल्ड -विराटनगर चैत २७ गते । रातो तारा डट कम, विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपेन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । 


शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२  गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।


संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको १÷१ गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो । 

टाईब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो । 

खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर  सिंह घोषित भए  । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको  ८० औं मिनेटमा शक्ति राईले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । लुईस भिदलले निकालिदिएको फ्रीकिक शक्तिले सदुपयोग गरेका थिए । 

दोस्रो हाफममा गोल भएपछि भारत दबाबमा परेको थियो । तर रुपन्देहीका लागि अग्रताको त्यो खुशी लामो समयसम्म टिक्न सकेन । खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९० औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरि खेल बराबरीमा ल्याए । सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत चाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो । 

खेलको २२ औ मिनटमा भारतका सुशिल यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९औं मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार व्यवरहर्नु परेको थियो । 

भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा पनि नजिता टाइब्रेकरमा पर्खिनु परेको बताए । उनले दोस्रो खेलमा नयाँ रणनिती अपनाएर मैदानमा उत्रिने बताए । यता रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवसहरु खेर फाल्दा हार भएको बताए  । 

शनिबारको खेल विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगाल बिच प्रतिस्पर्धा हुनेछ । विराटनर ११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोलले हराएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.