Websoft University

नेपालमा फेरी कोरोना बढ्न थाल्यो–मापदण्ड अपनाउनै पर्ने भयो तर नेपाल भारत बोर्डर कडाइका साथ सरकारले बन्द गर्नु पर्यो


काठमाण्डौ चैत २८ गते । रातो तारा डट कम,कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जना भन्दा बढि भेला हुन आम नागरिकलाई आग्रह गरेको छ भने विद्यालयहरुमा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनिएको छ । पछिल्लो पटक युवा र बालबालिकामा समेत कोरोना भाईरसको सङ्क्रमण देखिएकाले विद्यालय सबैभन्दा जोखिम क्षेत्र रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्तोमा तत्काल विद्यालय बन्द गर्न पनि कतिपले सुझाब दिएका छन् । तर सरकारले भने तत्काल विद्यालय बन्दको कुनै योजना नरहेको जनाएको छ । सीआईएनसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालय बन्द गर्ने बारे कु।नै निर्णय नभएको जानकारी दिनुभयो । बरु विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कुनै पनि छुट नहुने उहाँको भनाई छ । भारतमा समेत कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेकाले नेपालमा पनि त्यसको असर देखिन थालेको छ । भारतका विभिन्न राज्यमा विद्यालयहरु बन्द गरिएका छन् भने आंशिक लकडाउन गर्न थालिएको छ । नेपालमा भने हाल त्यस्तो अवस्था नरहेकाले तत्काल विद्यालय बन्द गर्ने र लकडाउन गर्ने सोंच नरहेको प्रवक्ता डा. गौतमको भनाइ छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.