Websoft University

जीप दुर्घटनामा ४ जनाको मृत्यु, १७ जना घाइते


काठमाण्डौ चैत ३१ गते । रातो तारा डट कम,दोलखामा गएराति भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दोलखाको बिगु गाउँपालिका–४ सिँगटीमा दुर्घटना भएको हो । सिँगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जीप गएराति साढे १० बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक सुशील केसीले सीआईएनसँग बताउनुभयो । दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षका विनोद केसी, ४५ वर्षका अजिता खत्री, ५२ वर्षका राधा खड्का र २४ वर्षया चन्दिका थापा रहेको उहाँको भनाइ छ । मृतक सबैजना सिँगटी गाउँका हुन् । उद्धार गरिएका १८ जना घाइतेमध्ये १० जनालाई राति नै काठमाडौँ पठाइएको र अन्यको सदरमुकाम चरिकोट तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.