Websoft University

जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण !


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,गछिया मनि ट्रान्सफरका सञ्चालक साथै समाजसेवी लिला प्रसाद अधिकारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ। उनले मोरङ्गको सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ६ मा रहेको आधारभूत सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसर पारेर सोमबार शैक्षिक सामाग्री वितरण गरेका छन्।

जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको बताएका छन्।आफु पनि सामुदायिक विद्यालयमा अध्ययन गरेको बताउँदै उनले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय विद्यार्थीहरुलाई थोरै भएपनि मलम पट्टी लाग्ने भएकाले उक्त सहयोग गरेको बताएका छन्।

त्यसैगरी विगतका दिनहरूमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको र आउँदा दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामग्री, लता कपडा वितरण गर्ने भावी योजना रहेको बताए।

विभिन्न शैक्षिक सामग्रीहरू पाएकोमा विद्यार्थीहरु निकै हर्षित भएका थिए भने आधारभूत सामुदायिक विद्यालयका प्रधााध्यापक केशव राज काफ्लेले आर्थिक स्थिती निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई आफ्नो जन्म दिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेकोमा अधिकारीलाई धन्यवाद दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.