Websoft University

सुन्दरहरैचामा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने !


शिव भट्टराई,मोरङ बैशाख ३ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालीकामा प्रथम सुन्दरहरैचा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । सुन्दरहरैचा नगरपालिकाद्धारा आयोजित मेयरकपमा मोरङका ९ वटा नगरपालिकाहरुको सहभागिता रहने शुक्रवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।


बैशाख ६ गते देखि शुरु हुने प्रतियोगितामा बेलबारी,लेटाङ,पथरीशनिश्चरे, सुनवर्षी,उर्लाबारी, रतुवामाई, रंगेली , विराटनगर उपमहानगरपालिका र आयोजक सुन्दरहरैंचा नगरपालिका बीच प्रतिश्पर्धा हुने भएको छ ।प्रतियोगिताको विजेताले नगद रु ३ लाख र उपविजेताले एक लाख पचास हजार रुपैया पुरस्कार राशी पाउनेछन् । फुटबल खेलको विकास र स्थानीय खेलाडीको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए ।


सुन्दरहरैंचा १२ स्थित शुक्रवारे खेलमैदानमा हुने खेलमा वडा नं १२ सह आयोजक र शुक्रवारे युवा क्लवको व्यवस्थापनमा कार्यक्रम हुने भएको छ । गतसाल नै संचालन हुन लागेको प्रतियोगिता कोरोना महामारीको कारण रोकिएको थियो । पत्रकार सम्मेलनमा नगरका उपमेयर धना तामाङ, एन्फाका जिल्ला महासचिव प्रकास मास्के , वडा नं १२ का वडाध्यक्ष रोशन ढकाल , शुक्रवारे युवा क्लवका अध्यक्ष जय चौधरीको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.