Websoft University

विराटनगर महानगरपालिकामा कार्यरत पुनम दाहालबाट मानवसेवा आश्रममा विहानको भोजनसेवा सहयोग

 


२०७७ चैत्र २६ गते, बिहीवार । रातो तारा डट कम, मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) का अभिभावक एवं विराटनगर महानगरपालिका सामुदायिक विकास शाखाका प्रमुख पुनमकुमार दाहालज्यूले मानवसेवा आश्रममा विहानको भोजन सहयोग गर्नुभएको छ ।

दाहालले मानवसेवा आश्रमको सेवालाई प्रदेश नं. १ को विराटनगरमा सुरुवात गर्नका लागि सुरुवाती अवस्था देखि नै संस्थागत तथा व्यक्तिगत रुपमा निरन्तर साथ, सहयोग गर्दै आइरहनुभएको छ ।

भोजनसेवा सहयोग गर्नका लागि अभिभावक पुनमकुमार दाहालज्यूको साथमा उहाँको धर्मपत्नी झुमा दाहालज्यू र छोरा आयुष दाहालज्यू पनि सहभागी हुनुभएको थियो । 

दाहालले मानवीय सेवामा यसरी सहभागी भई सडकपेटीमा रहेका आमाबुवाहरुसँग एउटै छानामुनी सँगै बसेर भोजन गर्दा आफू प्रशन्न भएको बताउनुभएको छ । विराटनगर महानगरपालिकाको सामाजिक विकास शाखामा रहेर सेवा गर्दा धेरै एन.जि.ओ र आइ.एन.जि.योको बारेमा नजिकबाट ज्ञान प्राप्त गरेको र यस किसिमको संस्था नेपालमा नै पहिलो रहेको बताउनुभएको छ । 

आफ्नो जीवन नै समर्पण गरेर असहाय, दीनदुःखीको सेवामा लाग्नु सहज कार्य नभएको स्पष्ट पार्नुभयो । 
परोपकारी नेपाली मनहरुको मुठ्ठीमुठ्ठीको सहयोगमा सञ्चालन हुदै आएको मानवसेवा आश्रमले प्रदेश नं. १ को विराटनगरमा तिनटोलिया, पोखरिया र ठुलो मिलचोक गरि ३ वटा सेवाकेन्द्रहरुबाट आजको दिनमा प्रत्यक्ष २१४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको छ ।

मानवसेवा आश्रमलाई  प्रदेश नं. १ मा स्थायीत्व दिनका लागि विराटनगरको बरगाछीमा परोपकारी मनहरुले १३.५ कठ्ठा जग्गा आश्रमको आफ्नै भौतिक संरचना निर्माणका लागि यही बैशाख ८ गते शिलान्यास कार्यक्रम रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.