Websoft University

महिला सेवा समाज सुन्दरहरैंचाको ७ दिने उद्घोषण तालिम सम्पन्न!

 


शिव भट्टराई,मोरङ चैत  २७ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ सलकपुर स्थित महिला सेवा समाजको आयोजनामा ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ।


बिहीबार भुल्के बचत तथा ऋण सहकारी संस्था सलकपुरको सभाहलमा भएको समापन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यता, महिला सेवा समाजकी अध्यक्ष मञ्जु रेग्मीको सभापतित्व रहेको थियो भने कार्यक्रममा वरिष्ठ समाजसेवी महिला नेतृ कमला देवी अधिकारी, सावित्री संग्राैलाको विशिष्ठ आतिथ्यता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले आत्मनिर्भर बन्नका लागि स्थानीय सरकारले धेरै कार्यक्रमहरू ल्याएको बताउँदै त्यसका लागि नगरपालिकाको सधैं साथ र सहयोग रहने बताउनु भएको छ।


उक्त सम्पन्न भएको ७ दिने तालिममा ६० जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिममा केपी घिमिरेले प्रशिक्षण दिएका थिए।कार्यक्रममा सहभागी महिलाहरुले पहिला स्टेजमा आएर बोल्न डराउने गरेको तर यस ७ दिनको तालिमले धेरै कुरा सिक्ने अवसर पाएको र स्टेजमा आएर बोल्ने डर हराउँदै गएकोले यस उद्घोषण तालिम आफ्नो लागि निकै उपयोगी रहने बताएका छन्। 

सोही क्रममा भर्खरै स्थापना भएको यस महिला सेवा समाज संस्थाले  अझै आउँदा दिनमा पनि सामाजिक साथै व्यक्तित्व विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्ने योजना रहेको अध्यक्ष मञ्जु रेग्मीले बताएकी छिन्। 

कार्यक्रममा अतिथि सलकपुर सामुदायिक वनका अध्यक्ष जनक खत्री, सलकपर खानेपानि संस्थानका काेषाध्यक्ष गाेपाल खडका ,भुल्के बचत ऋण सहकारी संस्थाका अध्यक्ष श्याम कुमार अाचार्य,ईन्द्रपुर समस्त भजन संजालकी अध्यक्ष रूजा धिमिरे,अादिवासि जनजाति महासंघकी अध्यक्ष कविता सुब्बा,जेष्ठ नागरिक ईन्द्रमाया रेग्मी लगायतको  उपस्थिति रहेको थियो।

कार्यक्रममा ७ दिने तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने रिता दाहालले उक्त कार्यक्रम सञ्चालन गरेकी थिइन्।।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.