Websoft University

मोरङको सुन्दरहरैंचा ६ मा पारा एफ सी फुटबल क्लबको समुद्घाटन !


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ६ मा पारा एफ सी फुटबल क्लबको समुद्घाटन भएको छ। शनिबार सम्पन्न भएको उक्त समुद्घाटन समारोहमा पुर्व भूमिसुधार व्यवस्था मन्त्री राम कुमार सुब्बाको प्रमुख आतिथ्यता ,पारा एफ सी फुटबल क्लबका अध्यक्ष राजु राईको सभापतित्व रहेको थियो भने सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो। 


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुब्बाले खेल मानिसको जीवनमा आवश्यक रहेको बताउँदै यस नव स्थापित फुटबल क्लबलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्।


त्यसैगरी कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का वडाध्यक्ष जीवन राई , वडा नं ५ का वडाध्यक्ष राम रिजाल, वडा नं ३ का वडाध्यक्ष जीवन ढुंगाना, राजनीतिकर्मी भक्ति प्रसाद सिटौला लगायत अतिथिहरुले क्लबको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर अध्यक्ष सुमन राई, जनमुक्ति पार्टी जिल्ला उपाध्यक्ष पुरन कुमार राई लगायत अन्य राजनीतिकर्मी, खेलप्रेमी साथै अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस फुटबल क्लबले सुन्दरहरैंचाका खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म पुर्याउन सहयोग पुग्ने बताउँदै खेलकुदको माध्यमबाट सुन्दरहरैंचाको पहिचान राख्नका निम्ति यस क्लबको स्थापना गरिएको आयोजकले जनाएका छन्।

त्यसैगरी सोही कार्यक्रमका बिच पारा एफ सी का संरक्षक हरी राई र पारा एफ सी फुटबल क्लबका अध्यक्ष राजु राईद्वारा स्वर्गिय पिता हेम कुमार राईको सम्झनामा ज्योति माध्यमिक विद्यालयलाई कम्प्यूटर साथै प्रिन्टर वितरण गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.