Websoft University

नयाँ ३१ वटा पुलको एकैपटक शिलान्यास र १ सय ६५ सडको शुभारम्भ एकैसाथ स्विच थिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्नु हुदै,


काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा सडकको शुभारम्भ गर्दै हुनुहुन्छ । आज एकसाथ प्रधानमन्त्री ओलीले १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लाग्नुभएको सडक विभागले जनाएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज बिहान सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिनुभयो । उहाँले डिजिटल रुपमा स्विच थिचेर प्रधानमन्त्रीले सडक शुभारम्भ गर्न लाग्नुभएको बताउनुभयो । 

हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नुभएकोथियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.