Websoft University

कृषिमा लागेकाहरूले कुनै पनि सरकारबाट सहयोग नपाएको गुनासो गर्दै छन ।


काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,सरकारले चालु आर्थिक वर्षमा वास्तविक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराउने नीति लिएको छ । तर, उक्त नीति अनुसार वास्तविक किसानले भने अनुदान नपाएको गुनासो गर्दै आएका छन् । 

काठमान्डौको वौद्धदेखि करिव ६ किलो मिटर उत्तर पश्चिममा मीन बहादुर गुभाजुको कृषि फार्म छ । पेशाले पर्यटन व्यवसायी भए पनि कोरोना महामारीपछिको लकडाउन र आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभावपछि उहाँलाई कृषि पेशा रोज्नुपर्ने भयो । 

२५ लाख रुपैयाँ लगानी गरी २० रोपनी भाडाको जग्गामा व्यवसाय सुरु गर्नुभयो । ७ सय स्थानीय कुखुरा, ६० वटा वाख्रा, ५० वटा हाँस पालेको भए पनि १ वर्ष नवित्दै अज्ञात रोगका कारण ८ वटा मात्रै स्थानीय जातका कुखुरा बचे । बाख्राको सङ्ख्या अहिले १८ मात्रै छ । 

नमस्ते हिमालयन अर्गानिक कृषि फार्म चलाउनुभएका उहाँले भने जस्तो नभए पनि आफू, श्रीमती र २ जना काम गर्ने मान्छेसहित ४ जना दिनरात खटिन छोड्नु भएको छैन । १ वर्षमै हार खान नहुने उहाँको भनाइ छ । सरकारले कृषिलाई आयमूलक, आधुनीक र मर्यादित  पेसा तथा अग्र्यानीक उत्पादनशील व्यवसायको रुपमा विकास गर्ने लक्ष चालु आर्थिक वर्षको बजेटमा राखेको छ । 

सरकारको नीति राम्रो भए पनि आफू जस्ता वास्तविक किसान भने यस्ता सुविधाबाट वञ्चित भएको मीनबहादुर गुनासो गर्नुहुन्छ । कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहन गरिने र यसबाट कृषि क्रान्ति हुने दावी सरकारले बजेटमा पनि भनेको छ । 

यसका लागि सिचाइँ, मल, बीउ, पूजिँ, प्रविधि र बजार सुनिश्चित गर्ने लेखिएको छ तर व्यावासायिक बन्ने सोँचमा कृषिमा लागेकाहरूले कुनै पनि सहयोग नपाएको बताउने गरेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.