Websoft University

समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य-उपप्रमुख पराजुली


बेलबारी । रातो तारा डट कम,बेलबारी नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ।बिहीवार बेलबारी नगरपालिका वडा नं ११ स्थित प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले गरेकी थिइन्।

बेलबारी नगरपालिकाभित्रका २६ वटा विद्यालयका खेलाडी विद्यार्थीहरु सहभागी भई विभिन्न प्रकृतिका प्रतियोगितात्मक खेलमा प्रस्तुत भएका थिए।

शनिबार लक्ष्मी माध्यमिक बिद्यालयको व्यवस्थापन र बेलबारी नगरपालिकाको आयोजनामा भएको उक्त राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगीताको अन्तिम दिन समापन तथा पुरस्कार बितरण कार्यक्रम लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा रास्ट्रपति रनिङ्ग सिल्ड आयोजक समितिका सदस्य सचिब गोबिन्द भण्डारीको अध्यक्षता,बेलबारी नगरपालिकाकी उप-प्रमुख  ढाका कुमारी पराजुलीको प्रमुख आतिथ्यता,बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द्र प्रसाद कोइरालाको  बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

३ दिन सम्म संचालित उक्त कार्यक्रममा विभिन्न ९ खेलमा जित हासिल गर्दै बेलबारी-१० को इस्ट्रन भ्यू इङलिस स्कूल प्रथम,विभिन्न ७ खेलमा जित हासिल गर्दै बेलबारी-११ स्थित लक्ष्मी मा वि द्वितीय तथा विभित्र ५ खेलमा जित हासिल गर्दै बेलबारी-३ स्थित भगवती मा वि तृतीय स्थान हासिल गर्न सफल भए।विजेता बिद्यालयहरु तथा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण एवम्  बधाई ज्ञापन गर्दै कार्यक्रमकि प्रमुख अतिथि समेत रहेकी बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेकोले यस प्रकारका गतिविधिले विद्यालय तहदेखी नै खेल क्षेत्रमा सम्भावना बोकेका खेलाडीका लागि राम्रो अवसर प्रदान गरिरहेको बताइन्।उनले खेलाडीहरुलाई प्रोत्साहन गर्दै बेलबारीको खेल क्षेत्रलाई समृद्ध बनाउँन नगरपालिका लागिरहेको बताइन् ।कार्यक्रममा शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइराला गोबिन्द भण्डारीले मन्तव्य राखेका थिए।

 कार्यक्रम लक्ष्मी मा विका प्रधानाध्यापक गोबिन्द भण्डारीको अध्यक्षतामा सप्पन्न भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.