Websoft University

सुन्दरहरैंचाको पुर्वाञ्चल पब्लिक स्कुलले गर्यो नि:शुल्क स्वास्थ्य शिबिर

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -६ स्थित पुर्वाञ्चल पब्लिक स्कुलले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ।


विद्यालय परिसरमै बिधार्थी , शिक्षक, अभिभाबक मात्र नभई सुन्दरहरैंचा नगरपालिका वडा ३,४,५,६ र ७ का ५ सय भन्दा बढी जनताले स्वास्थ्य लाभ लिए।


शनिबार संजीवनी हस्पिटल प्रा.लि बिराटनगरको प्राबिधिक सहयोगमा नि:शुल्क स्वास्थ्य जाँच गरी नि:शुल्क ल्याब टेस्ट, इजिसी, भिडियो एक्सरे तथा नि:शुल्क औषधि समेत वितरण गरे ।

शिविरमा रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरुले सेवा लिएका छन् । ‘आर्थिक अभावले उपचार गराउन नपाएपछि रोगले थलिएका अधिकांश रोगीहरुले सेवा लिएका छन्। नाक कान तथा घाँटी रोग, प्रसुति तथा स्त्री रोग, नशा , हाड जोर्नी, कुलतमा लागेका, यौन तथा मनोरोग, लगायत सेवा दिएको अस्पताल प्रबन्ध निर्देशक अनजनी पोख्रेलले बताए।

कोरानाको महामारी अझै संत्रास र मौसम परिवर्तनका कारण उपचार गराउन नपाएका रोगीहरुले घर आँगनमै नि:शुल्क सेवा पाएपछि खुसी देखिन्थे । ‘दु:खको बेला पुर्वाञ्चल पब्लिक स्कुलले जनतासँग सामाजिक उतारादायित्व पुरा गर्दै स्वास्थ्य क्षेत्रको पहुँच नपुगेका लागि शिविर सञ्चालन आयोजना गरेको विद्यालय अध्यक्ष मोहन प्रसाद ढकालले जनाएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.