Websoft University

चोरीमा संलग्न ४ जना पक्राउ


बिराटनगर चैत २५ गते । रातो तारा डट कम, जहदा गाउँपालिका वडा नं.-४ कुशवाह टोल बस्ने बर्ष ५२ को रतन कुमार कोईरीले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.-१ पाथीभरा पेट्रोलपम्प अगाडी संचालन गरेको जय बैष्णु फर्निचर उद्योगबाट जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-८ वलुवाही बस्ने बर्ष २३  को लक्ष्मी यादव, ऐऐ बस्ने बर्ष २२ को अर्जुन मुखिया, ऐऐ बस्ने बर्ष २७ को धर्मेन्द्र राय र जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-८ विश्वकर्मा चोक बस्ने बर्ष २२ को दिपेश कुमार रायले फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेशिन थान १, हेण्डकटर थान १, जेक्सो मेशिन थान १, LED TV थान १, मोवाईल थान १, पानी तान्ने मोटर थान १ र विभिन्न हाते औजार चोरी गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।१२।२४ गते अन्दाजी १६:०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-८ बलुवाई स्वागत चोकबाट चोरीका सामान सहित निजहरूलाई पक्राउ गरी चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको ६ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.