Websoft University

पत्रकार महासंघको चुनाव आज, सीआईएन समाचार प्रमूख गोबिन्द खड्का खुला केन्द्रीय सदस्यको उम्मेद्वार सबैले भाट हालेर सहयोग गर्नु पर्ने


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो । केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको हो । 

करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिनुभयो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् भने केही स्वतन्त्र पत्रकार पनि छन् । 

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार एक सय २२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । 


उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् । वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह मैदानमा हुनुहुन्छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै हुनुहुन्छ । 

नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएट र प्रतिष्ठानहरुको अर्को अलग्गै प्रदेशस्तरको मतदान हुनेछ । विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको संयोजक काफ्ले जानकारी दिनुभयो ।

महासंघको चुनाबी प्रतिस्पर्धामा देशभरीका सामुदायिक रेडियोको प्रतिनिधित्व गर्दै सीआईएनका समाचार प्रमूख गोविन्द खड्का पनि खुला केन्द्रीय सदस्यको उमेदवार बन्नुभएको छ । स्वतन्त्र रुपमा चुनाबी मैदानमा उत्रिनुभएका खड्का २० वर्ष देखि रेडियो पत्रकारितामा सक्रिय हुनुहुन्छ । 

आफु महासंघमा पुगे रेडियोहरुका थुप्रै विषयलाई प्राथमिकताका साथ उठाउने खड्काले बताउनुभयो । खड्कालाई खुला केन्द्रीय सदस्यको सिरियल नम्बर ४ मा मतदान गर्न सकिन्छ, उहाँलाई देशभरीका मतदाताले मतदान गर्न पाउनेछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.