Websoft University

जाली नोट सहित ३ जना पक्राउ

 

सुनसरीबैशाख-८ गते । रातो तारा डट कम,

सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट  सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गराई थप अनुसन्धान समेत भईरहेको सो कार्यालय जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.