Websoft University

इटहरीमा भूमिहिन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन भोली देखि लगत संकलन


सुनसरी । रातो तारा डट कम, सुनसरीको इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ । इटहरीमा भोली वैशाख ९ गते  देखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिदै छ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने छन । ठूला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी खटाइएको छ । वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सकिने छ । इटहरीमा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ । यसैगरि सवै वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ ।नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई कसरी सहज वनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ । वैठकमा भूमी सम्वन्धी समस्या समाधान आयोग सुनसरी अध्यक्ष खेमराज पोखरेलले वैठकमा उठेका प्रश्नहरुको जवाफ दिनुभयो । यसैगरि प्रत्येक वडामा गठित वडास्तरीय भूमी सम्वन्धी समस्या सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई ब्यवस्थित र प्रभावकारी वनाउने विषयमा छलफल गरिएको छ । उपमेयर लक्ष्मी गौतमका अनुसार लगत संकलनमा खटिने कर्मचारीहरुलाई तालिम दिइएको छ । सम्वन्धित वडाका जनप्रतिनिधि र वडा सचिवलाई लगत संकलनलाई प्रभावकारी वनाउने विषयमा सहजिकरण गरिसकिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.